विद्यालयलाई शैक्षिक र भौतिक रूपमा सुदृढ गर्दै कक्षा ८ सम्मको शिक्षा प्रदान गर्ने लक्ष्य राखी यसको सर्वाङ्गीण विकास गर्ने।
संघीय गणतन्त्र नेपालको सुदुर पश्चिम प्रदेश , कंचनपुर जिल्लाको जिल्ला सदरमुकाम महेन्द्रनगर देखि ७८ कि.मी.पुर्ब, बेलौरी नगरपालिका देखि पुर्ब ,कृष्णपुर नगरपालिका र लाल्झाडी गाउँ पालिका देखि दक्षिण, कैलालीको धनगढी उप-महानगर पालिका देखि १० कि.मी. दक्षिण पश्चिम तथा भारतको दुधुवा निकुन्ज देखि पश्चिम तथा उत्तरमा पुनर्बास नगर पालिकाको वडा नं.-५ अन्तर्गत मदनटोलमा अबस्थित यो बिद्यालय बि. सं. २०५५/०८/२८ गते बिधिबत् रुपमा स्थापना भै हाल बल विकास केन्द्र देखि कक्षा ६ सम्म संचालित छ| अनेकतामा एकता भने झैं बिबिध भाषाभाषी,धर्म,संस्कृति र सम्प्रदायका मानिसहरुको बसोबास रहेको यो क्षेत्रका राजनीतिज्ञ, समाजसेवी, बुद्धिजिबी तथा अभिभाबकहरुको संयुक्त पहलमा स्थापित यस विद्यालयले पुनर्बास नगरपालिकाका वडा नं.-५,६,र ७ मा आफ्नो सेवा क्षेत्र कायम गरि यहाँका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आइरहेको छ| आदिबासी जनजाती तथा दलितहरुको बाहुल्यता रहेको सुकुम्बासी बस्तीको बिचमा रहेको यस बिद्यालयले यहाँका मध्यम तथा निम्न बर्गीय परिवारका बालबालिकाहरुलाई शिक्षाको पहुँच पुर्याई रहेको छ| प्रधानाध्यापक दल बहादुर रोकायाको नेतृत्वमा ३ ओटा वाल विकास सहित ५ ओटा प्रा.वि. राहत गरि जम्मा ८ जना शिक्षक र १ जना का.स. कार्यरत यस बिद्यालयमा तिन ओटा दुइ कोठे भबन (टिन र ट्रस लगाइएका), एउटा दुइ कोठे पक्की भबन र एउटा तिन कोठे पक्की निर्माणाधीन भबन गरि जम्मा ११ ओटा कोठाहरु र छात्र छात्राका लागि अलग अलग शौचालय व्यवस्था छ|खानेपानीको लागि चिसो मौसममा तातो पानी र गर्मि याममा चिसो पानी पिउने व्यवस्था भएको इलेक्ट्रोनिक फिल्टर र १ H.P. को समरसिल मोटर हुनुका साथै बिद्यालयसंग प्रयाप्त खेल मैदान पनि उपलब्ध छ|
विद्यालयलाई शैक्षिक र भौतिक रूपमा सुदृढ गर्दै कक्षा ८ सम्मको शिक्षा प्रदान गर्ने लक्ष्य राखी यसको सर्वाङ्गीण विकास गर्ने।
देशको प्रचलित शिक्षा प्रणाली अनुरूप सबै बालबालिकालाई शिक्षा प्रदान गर्दै उनीहरूलाई ज्ञान, सीप, र नैतिकतासहितको उज्ज्वल भविष्यतर्फ उन्मुख गराउने।
- विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको ज्ञान र सीप अभिवृद्धि गर्ने।
- अन्तर्निहित प्रतिभा उजागर गर्दै सक्षम, नैतिकवान, तथा जिम्मेवार नागरिक विकास गर्ने।
- सामाजिक मूल्य, मान्यता, र कला संस्कृतिको पहिचान गराउने।
- सबैलाई समान अवसर प्रदान गर्दै भेदभावरहित वातावरणमा शिक्षादान गर्ने।
