यस विद्यालयको मिति २०८१/०२/०४ गतेको दिन यहाँका बुद्धिजिबी,समाजसेबी,शिक्षाप्रेमी, अभिभाबक , सरोकारवालाहरु तथा स्थानीय निकायका प्रतिनिधिहरुको उपस्थितिमा बोलाइएको बृहत आम भेलाबाट निर्बाचित वि.व्य.स. प्रतिनिधिहरुबाट फेरि दोस्रो कार्यकालको लागि चयन गरिएकोमा यस प्रक्रियामा सहभागी सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै मैले आफुमा अझ बढी जिम्मेवारीबोधको महशुस गरेको छु| म स्वयम् अध्ययन गरेको बिद्यालय पनि भएको र दुइ दुइ पटक वि. व्य. स.को जिम्मेवारी लिन पाउदा आफैमा गौरबाम्बित हुनुको साथै मलाइ अगाडि बढ्नको लागि हौसला र प्रेरणा मिलेको छ|मैले मेरो पहिलो कार्यकालमा गरेका केहि रचनात्मक कार्यहरुको कारणले नै मलाइ दोस्रो पटक पनि यो अवसर प्राप्त भएको जस्तो लाग्छ| मैले मेरो पहिलो कार्यकालमा बिद्यालयको भौतिक बिकासको लागि यहाँका बुद्धिजिबी, समाजसेबी , स्थानीय निकायका प्रतिनिधि तथा अन्य संघ संस्थाहरुसंग समन्वय गरेर विद्यालयको भबन निर्माण, तारजालीले विद्यालयको कम्पाउण्ड घेरबार, फर्निचर निर्माण, खानेपानीको लागि मोटर जडान लगाएतका विद्यालयको सरसफाइ, बिद्यार्थीको पोशाक लगायत अन्य शैक्षिक उनन्तिको बिषयमा पनि बेला बेलामा शिक्षकहरुसंग आवश्यक छलफल र परामर्स गरेर यो बिद्यालयलाइ भौतिक रुपमा सपन्न बनाउने कार्य पुरा गरेको छु|यसै गरि मेरो दोस्रो कार्यकालमा पनि म विभिन्न सरकारी तथा गैर सरकारी निकायहरु संग समन्वय गरेर यो विद्यालयको उन्नति र प्रगतिको लागि प्रतिवद्ध भएर लागि रहने छु|दोस्रो पटक अध्यक्ष भए पश्चात मैले खानेपानीको लागि तातो तथा चिसो पानीपिउन मिल्ने आधुनिक फिल्टर जडान र बिल्ड ओन नेपाल,पुनर्बास नगरपालिका र स्थानीय समुदायको साझेदारीमा तिन कोठे भवन र दुइ कोठे शौचालयको लागि आवश्यक पहल गरि निर्माण जारी छ| यसै गरि आगामी दिनमा पनि म मन, बचन र कर्मले बिद्यालयप्रति समर्पित रही कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु|साथै आगामी शैक्षिक सत्रहरुमा यस विद्यालयको शैक्षिक स्तर उकास्न, बिद्यार्थी भर्नादर वृद्धि गर्न, भौतिक अवस्था सुधार्न तथा english माध्यममा अध्यापन गराउने लगायतका कार्यहरु गर्नको लागि सरोकारवाला सबैसंग आवश्यक पहल गरिनेछ|