म यस बिद्यालयमा स्थापनाकाल देखि हालसम्म निरन्तर प्रधानाध्यापकको जिम्मेवारीमा रही बिद्यालय प्रशासन र अन्य शैक्षिक गतिबिधि समय सापेक्ष विद्यालयको चौतर्फी विकास, समयको माग, बिध्यार्थीको रुची, समाजको चाहना,राज्यले निर्धारण गरेको शैक्षिक नीति तथा स्थानीय सरकारले तय गरेको शैक्षिक रणनीतिको लक्ष्य तथा शैक्षिक उद्देश्य हासिल गर्न गराउनका लागि संस्थापक प्र. अ.को रुपमा यस बिद्यालयमा सेवा गर्दै विद्यालयको उत्तरोतर प्रगतिको लागि आफ्नो बुद्धि, बिबेक,शारीरिक, मानसिक बौद्धिक,भौतिक तथा अन्य आफुमा रहेको क्षमताको प्रयोग गर्दै सबैको आवश्यक सरसल्लाह र सुझाब बमोजिम यस विद्यालयको नेतृत्व गरि रहेको छु|विभिन्न आर्थिक, भौतिक, शैक्षिक अन्योलताका बिचमा संघर्ष गर्दै अनेक समस्याहरुसंग लड्दै विभिन्न किसिमको हस्तक्षेप, दवाब, तनाबहरुलाई समाधान गर्दै कुनै भौतिक संरचना नभई स्थापना गरिएको बिद्यालयलाई विभिन्न राजनैतिक दल, समाजसेबी, बुद्धिजिबी, स्थानीय सरोकारवाला तथा अभिभाबकहरुको बिशेष योगदानले यस विद्यालयले बिगतमा गा. वि. स., जि. वि. स.र हाल नगरपालिकाको यस बिधालय निर्माणमा ठूलो योगदान रही आएको छ| यस बिद्यालय निर्माणमा योगदान पुरयाउने सम्पूर्ण व्यक्ति,संघ संस्था,स्थानीय अभिभाबक, समाजसेवी, बुद्धिजिबीलाई बिशेष धन्यवाद दिदै यस बिद्यालयमा म प्रधानाध्यापक रहे सम्म विद्यालयको भौतिक,शैक्षिक बिकासका साथै अनुशासित असल नागरिक उत्पादन गर्न राष्ट्रले लिने शैक्षिक उद्देश्य पुरा गर्न नगरपालिकाको शिक्षा विकास शाखासंग सधै समन्वय गरि विद्यालयको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु|